Live Streaming

दलहरुले संकल्प प्रस्ताव ल्याउने

काठमाडौं, २१ बैशाख ।  
बैसाख १२ गतेको महाभुकम्पको क्षति, प्रभाव र समस्या समाधानको उपाय सहितको संकल्प प्रस्ताव आउने भएको छ । आगामी २४ गते बस्ने संसदको बैठकमा प्रतिनिधित्व गर्ने सबै राजनाीतिक दलहरुको सहमतिमा साझा संकल्प प्रस्ताव आउन लागेको हो ।


आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले संकल्प प्रस्ताव तयार पार्न सरकारलाई भनेको छ । सरकारले तयार पारेको प्रस्तावमा सबै दलले छलफल गर्ने र २४ गते बस्ने संसद बैठकमा पेश गर्ने सहमति भएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।


उहाँले जनताको तात्कालिन आवश्यकतालाई मध्यनजर गरेर संकल्प प्रस्ताव ल्याउनुपर्ने र त्यसका लागि दलहरुले पनि आआफ्नो कार्ययोजना बनाउने बताउनुभयो ।
यसअघि सभामुख सुवासचन्द्र नेम्वाङले भुकम्पबाट भत्किएका सम्पूर्ण भौतिक संरचना सरकारले नै बनाउने गरी संकल्प प्रस्ताव ल्याउन दल र सरकारलाई आग्रह गर्नुभएको थियो ।