Live Streaming

​उद्धारमा संलग्न बिदेशी टोली पठाउने तयारी

काठमाडौं, २० बैशाख । बैशाख १२ गते गएको महाभूकम्पपछि खोज तथा उद्धारमा आएका बिदेशी टोलीलाइ सरकारले फिर्ता पठाउने तयारी गरेको छ । 
नेपालमा भारतीय टोलीको उद्धार तथा राहत वितरण कार्यप्रति राष्ट्रिय तथा अन्तर्राष्टिय क्षेत्रबाट चर्को आलोचना भएपछि साँझ बसेको केन्द्रीय दैबी प्रकोप उद्धार समितिको बैठकले बिदेशी टोलीलाइ फिर्ता पठाउने निर्णय गरेको हो । यद्यपी बिदेशी टोली मन्त्रिपरिषदको निर्णयबाट नेपाल आएकाले समितिको निर्णय मन्त्रिपरिषदबाट अनुमोदन हुनुपर्नेछ ।

केन्द्रीय दैबी प्रकोप उद्धार समितीको आज बसेको बैठकले विदेशी टोलीसहित उद्धारमा प्रयोग भएका १ सय २९ वटा कुकुरलाइ फिर्ता पठाउने तयारी गरिएको हो । 
बैठकले बाँकी राहत तथा उद्धारका कार्य नेपाली टोलीले गर्ने जनाएको छ ।