Live Streaming

​अन्तर्राष्ट्रिय समितिले भन्यो:घर फर्किन चाहने कामदारलाई सहयोग गर

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा कार्यरत नेपाली कामदारहरुलाई घर फर्किने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले देशको यो विषम परिस्थितिमा नेपाल फर्किन चाहने कामदार फर्काउन आवश्यक पर्ने रकमको जोहो गर्न समेत भनेको छ । 
‘कतिपय कामदारहरु घर फर्किन चाहेर पनि आर्थिक अभावका कारण आउन नसकेको ठहर समितिको छ ।  त्यस्ता कामदारका लागि खर्च तथा रोजगारको ब्यवस्था समेत गर्नुपर्ने देखिएको समितिका सभापति प्रभु साहले बताउनुभयो ।
समितिले फर्किन चाहने कामदारलाई सहयोगका लागि परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ ।