४ जनाको जिवितै उद्धार
भुकम्पमा परी पुरीएको नौ दिनमा आज सिन्धुपाल्चोक र नुवाकोटमा गरी ४ जनालाई नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले जीवितै उद्धार गरेको छ । गत १२ गते आएको विनासकारी भूकम्पमा घर भत्कदा पुरिएका एकै घरबाट सिन्धुपाल्चोक स्याउले–८ की ३५ वर्षिया ज्ञानकुमारी खत्री र २६ वर्षिया कञ्चन खत्री र अर्को घरबाट केराबारीकी ६० वर्षिया धनकुमारी खत्रीलाई उद्धार टोलीले आज जीवितै उद्धार गरेको हो ।
तिनै जना महिला भत्किएको घरको खाटमुनि भेटिएका थिए । तीनै जनालाई नेपाली सेनाले प्रारम्भिक उपचारका लागि चौतारामा रहेको गोरखनाथ गणमा लगेको छ ।
त्यस्तै नुवाकोट किम्ताङ गाविसका १ सय ५ वर्षिय फन्चु घलेलाई नेपाल प्रहरी र जापानी उद्धार टोलिले जीवितै उद्धार गरेको हो ।