Live Streaming

८ लाखले काठमाडौं छाडे

काठमाडौं, २० बैशाख ।
विनाशकारी भूकम्पपछि करिब आठ लाख मानिसले काठमाडौं छोडेका छन् । बारम्बार भूकम्प आउन थालेपछि हरेक दिन हजारौं÷ काठमाडौं छाडेर जिल्ला जाने गरेका हुन् । ट्राफिक प्रहरीका अनुसार, हिजो साँझसम्म राजधानी छोड्नेको संख्या सात लाख ९२ हजार ६ सय २३ पुगेको छ ।  


हिजो एकै दिन ८२ हजार १ सय ४२ जनाले बिभिन्न नाका हुँदै काठमाडौंबाट बाहिरिएका छन् । वैशाख १३ गते ८१ हजार ७ सय ६१, १४ गते ९९ हजार ८ सय ३३, १५ गते एक लाख ५३ हजार ८ सय १२, १६ गते एक लाख ३१ हजार ३ सय ६५, १७ गते एक लाख ३७ हजार ७ सय ४४ र १८ गते एक लाख ४ हजार ९ सय ९६ जनाले काठमाडौं छोडेका छन् । बारम्बार आएको भुकम्पका कारण बसको छत, प्यासेज, बनेट समेत खाली नहुने ब्यवसायीहरु बताउछन् । बिपतको घडीमा समेत ब्यवसायीहरुले तेब्बरसम्म भाडा असुलेको भन्दै ट्रफीक प्रहरीले बिभिन्न स्थानमा जाँच गरी बढी रकम यात्रुलाई फिर्ता गर्ने गरेका छन् ।


सोही अवधिमा एक लाख ६१ हजार ६ सय ७४ यात्रु र ३५ हजार १ सय ७२ सवारी साधन उपत्यका भित्रिएको प्रहरीले जनाएको छ ।