सामान्य घाईतेको बिराटनगरमा उपचार हुने
बिराटनगर, २० बैशाख ।
भुकम्पमा सामान्य घाईते भएकाहरुको उपचार सरकारले बिराटनगरका बिभिन्न अस्पतालहरुमा गर्ने भएको छ । बिभिन्न जिल्लाहरुबाट गंभिर घाईतेलाई उपचारका लागि काठमाडौं ल्याउने क्रम जारी भएपछि सरकारले सामान्य घाईतेको उपचार उपत्यका बाहिर गर्न लागेको हो । नेपाली सेनाको हेलिकोप्टरबाट घाईतेहरुलाई बिरानगर पु¥याउने सरकारले जनाएको छ ।
त्यसका लागि आवश्यक ब्यवस्था मिलाउन सरकारले अस्पताल प्रसासनलाई निर्देशन समेत दिईसकेको छ । कोशी अञ्चल अस्पतालले भने घाईतेको उपचारका लागि स्वस्थ्यकर्मीको टोली तयारी अवस्थामा राखेको बताईएको छ ।