Live Streaming

मृतकको संख्या ७ हजार नाध्यो

काठमाडौं, २० बैशाख ।
बिनाशकारी महाभुकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनीक गरेको तथ्याङ्क अनुसार हालसम्म मुलुकभर ७ हजार ४० जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा सवैभन्दा बढी २ हजार ६ सय ४८, काठमाडौंमा १ हजार १ सय ८५, नुवाकोटमा ७ सय ९८, धादिङ्गमा ६ सय ५५, गोरखामा ४ सय १०, रसुवामा ३ सय ६८, काभ्रेमा ३ सय ११ जनाको मृत्यु भएको छ । मध्यक्षेत्रमा ४ हजार ९ सय ३३ जनाको मृत्यु भएको छ भने काठमाण्डौं उपत्यकामा मात्र १ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा लगायत जिल्लामा उद्दार कार्य जारी छ ।


भुकम्पमा १४ हजार एक सय जना घाईते भएका छन् । अधिकांश घाईते उपचारपछि घर फर्किएपनि गंभिर बिरामीहरुको काठमाडौं, ललितपुर, चितवन लगायत मुलुकका सुबिधासम्पन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।


यसैबीच, गृह मन्त्रालयले गोरखा, धादिङ्, रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत भुकम्प प्रभावित  जिल्लाहरुमा खाद्यान्न र राहत प्याकेज पु¥याउने र उद्धार कार्यमा जोड दिने जनाएको छ । मन्त्रालयका प्रकक्ता लक्ष्मी प्रसाद ढकालले राहत वितरणमा सरकारी, गैरसरकारी, विदेशी संघ सस्था सक्रिय रहेको जनाउनुभयो ।