Live Streaming

विलियम र केटलाई पुत्री लाभ

लण्डन, २० बैशाख ।  
बेलायतको राजसंस्थाले उत्तराधीकारीको चौथो सदस्य प्राप्त गरेको छ । राजकुमारी केटले हिजो बिहान स्थानीय समय अनुसार आठ बजेर चौतिस मिनेटमा छोरीलाई जन्म दिएको विविसिले जनाएको छ ।

यसअघि सन २०१३ को जुलाईमा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रुपमा नवराजकुमार जर्जको जन्म भएको थियो । ब्रिटेनमा डचेस अफ क्याम्ब्रीजले आफ्नो दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । शिशु र राजकुमारी केट दुबै स्वस्थ रहेको बताइएको छ ।