२० बिदेशीको उद्धार
काठमाडौं, १८ बेशाख । रसुवाको धुन्चे क्षेत्रबाट २० जना बिदेशी सहित २७ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार, ७ नेपाली र २० बिदेशीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो ।
यसैबीच भूकम्पमा परी ४३ विदेशीको नागरीकको मृत्यु भएको प्रहरी कार्यलयले जनाएको छ । घाईते ४६ जना मध्ये केहीको काठमाडौं उपत्यका सहित जिल्लास्थित बिभिन्न अस्पताल उपचार भईरहेको छ भने बाँकी आफ्नै मुलुकमा उपचार गराउन भन्दै स्वदेश फर्किएका छन् । सबैभन्दा बढी इजरायलका १५ जना नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका ४१ मध्ये ३६ जना पुरुष र पाँचजना महिला छन् ।
सिन्धुपाल्चोकको तातोपानी, सोलुखुम्बु र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा अधिकांश विदेशीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिभिन्न पर्यटकीय क्षेत्रमा फसेका बिदेशी तथा स्वदेशी नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीको भनाईछ ।