१२ हजार ६४ वटा भौतिक संरचना कामै नलाग्ने
काठमाडौं, १८ बैशाख ।
गत शनिवार गएको महाभुकम्पका कारण मुलुकभर १२ हजार ६४ वटा भौतिक संरचना पूर्णरुपमा क्षतिग्रस्त भएका छन । नेपाल प्रहरीले सार्वजनीक गरेको तथ्याङ्क अनुसार, २९ हजार ४ सय ५४ वटा संरचनामा आंशिक क्षति पुगेको छ ।
भुकम्पका कारण मध्यक्षेत्रमा सवैभन्दा बढी मानवीय क्षति भएपनि पश्चिमाञ्चलमा सवैभन्दा बढी भौतिक क्षति भएको प्रहरीले जनाएको छ । सर्वसाधारणको पुर्ण क्षेती ११ हजार ८ सय ८२ भएको छ भने आंशिक क्षेती २८ हजार ३ सय ३२ भएको प्रहरी कार्यलयले जनाएको हो ।
प्रहरीका अनुसार, पश्चिमाञ्चलमा ७ हजार २ सय ३३ वटा सर्वसाधारणका घर, ५० वटा सरकारी कार्यालय तथा बिद्यालयका भवन र २८ वटा प्रहरी कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । २० हजार ३ सय ७१ वटा नीजि भवनमा आंशिक क्षति पुगेको जनाउदै प्रहरीले पश्चिमाञ्चलमा मात्र ५ सय ३ वटा सरकारी र बिद्यालयका भवन र ८६ वटा प्रहरी चौकीमा क्षति पुगेको बताएको छ ।
मुलुकभर ११ हजार ८ सय ८२ वटा नीजि भवन, १ सय १८ वटा सरकारी तथा बिद्यालयका भवन र ५२ वटा प्रहरी चौकी पूर्ण रुपमा ध्वस्त भएका छन् । यस्तै भुकम्पबाट २८ हजार ३ सय ३२ वटा नीजि, ८ सय ६३ वटा सरकारी तथा बिद्यालय र २ सय २७ वटा प्रहरी चौकीमा आंशिक क्षति पुगेको प्रहरीले सार्वजनीक गरेको तथ्याङ्कमा उल्लेख छ ।