Live Streaming

परिक्षणपछि मात्र पिउने पानी वितरण

काठमाडौं, १८ बैशाख ।
महामारी फैलिने खतरा औल्याउदै सरकारले अस्थायी रुपमा पालमुनि बस्दै आएका भुकम्प पिडीतहरुको शिविरमा वितरण गर्ने पानी जाँचेर पठाउन थालेको छ । पीडितका लागि सरकारले तोकेका विभिन्न १६ वटा शिविरमा उपलब्ध गराइने पानी विज्ञ टोलीको जाँच पछि मात्र वितरण हुन थालेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिसहितका विभिन्न संघसंस्थाका विज्ञ टोलीले पानी प्रयोग हुनुभन्दा अघि शिविरमै जाँच्ने व्यवस्था मिलाइएको छ ।


केयूकेएलले आफ्नै तोकिएका संकलन केन्द्रको पानी मात्रै ट्यांकरमा भरेर पठाइरहेको छ । पानीका अन्य स्रोत प्रयोग गर्नुपरे जाँचेर तथा औषधि हालेर मात्रै पठाइरहेको उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।  पानीमा न्यूनतम मापदण्ड भएनभएको बारे अक्सफाम र एन्फोले परीक्षण गरिरहेका छन् ।

केयूकेएलले महांकाल, सातदोबाटो र मातातीर्थ क्षेत्रबाट पानी संकलन गरी बिभिन्न शिविरहरुमा वितरण गरिरहेको छ ।