बढी भाडा असुल्ने सवारी कारबाहीमा
सिन्धुपाल्चोक, १८ बैशाख ।
बढी भाडा असुल गरी यात्रुलाई ठग्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही गरेको छ । बढी भाडा असुल्ने सवारीबाट रकम फिर्ता गरी ट्राफिकले यात्रुलाई फिर्ता दिएको छ । ठग्ने ७० वटा सवारीलाई कारबाही गरी संकलन भएको पाँच लाख २१ हजार रुपैयाँ यात्रुलाई फिर्ता ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भूकम्पका कारण नियमित रुटमा सञ्चालन हुने सवारी नचलेपछि अन्य सवारीले आफूखुसी भाडा लिएर सवारी सञ्चालन गरिरहेका छन् । सर्वसाधारणको गुनासोपछि अनुगमनमा जुटेको प्रहरीले बढी भाडा लिनेलाई कारबाही गर्न थालेको हो ।