सभासद् गगन थापाको सहयोग
काठमाडौं, १८ बैशाख ।
महाभुकम्प गएको दिन गत शनिवार महारागञ्जमा आफ्नै सक्रियतामा औषधि पसल खोलाएका नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले भूकम्प पीडितहरुका लागि एक बर्षको आफ्नो तलव राहतमा खर्च गर्ने घोषणा गरेका छन् ।
बिज्ञप्ति जारी गरी सभासद् थापाले आफू निर्वाचित काठमाडौं क्षेत्रनम्बर ४ मा एक बर्षको तलव बराबरको ७ लाख ७ हजार ६ सय १६ रुपैयाँ खर्च गर्ने जनाएका हुन् । भुकम्पपछि बसेको सर्वदलीय बैठकले प्रत्येक सभासद्को एक महिनाको तलव राहतमा खर्च गर्ने निर्णय भएपनि सभासद् थापाले भने एक बर्षको तलब नै काठमाडौं क्षेत्र नम्बर ४ मा खर्च गर्ने घोषणा गरेका हुन् । निधन भएका र पूर्णरुपले विस्थापित भएकाको परिवारको उद्दारमा सो रकम खर्च गरिने जनाउदै थापाले तत्काल अत्यावश्यक पर्ने टेन्ट, खाद्यान्न, ब्ल्यांकेट लगायतका सामाग्री खरिद गर्ने गरी सो राहत रकम घोषणा गरेको बताउनुभयो ।