१५ सुरक्षाकर्मीको मृत्यु
काठमाडौं, १८ बैशाख ।
बिनाशकारी भुकम्पबाट १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । ७७ जना घाईते भएका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदीश पोख्रेलका अनुसार, उपत्यका पृतना अन्तरगत कार्यरत ८ र मध्य पृतना अन्तरगत कार्यरत ३ जना सैनिकको मृत्यु भएको छ । मध्य पृतनामा कार्यरत ११ जना सैनिक रसुवास्थित नारायण दल गणको मैलुङ्ग पोष्टबाट सम्पर्क बिहिन भएका छन् । उपत्यका पृतनामा कार्यरत २८ जना सैनिक घाईते भएको पोख्रेलले जानकारी दिनुभयो ।
भुकम्पबाट ४ जना प्रहरीको मृत्यु भएको हो । अन्य ४९ जना घाईते भएको प्रहरीले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत सहायक निरिक्षक सहित ११ जनाको टोली गत शनिवार देखि सम्पर्क बिहिन भएको छ । प्रहरी कार्यालयले चिलंखा र खोपाचाँगु गाविसको बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत उनीहरु सम्पर्क बिहिन भएको जनाएको हो । गत शनिवार ११ बजेसम्म सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्क बिहिन भएकाले उनीहरुको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयले दैवीप्रकोप उद्धार समितिसँग आग्रह गरेको छ ।