मृतकको संख्या ६ हजार २ सय ५४ पुग्यो
काठमाडौं, १८ बैशाख ।
बिनाशकारी महाभुकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार २ सय ५४ पुगेको छ । नेपाल प्रहरीले आज बिहान सार्वजनीक गरेको तथ्याङ्ग अनुसार १३ हजार ८ सय ४७ जना घाईते भएका छन् ।
नेपाल प्रहरीका अनुसार, १ सय ४८ जना बेपत्ता रहेको उल्लेख गरेपनि बेपत्ताहरुको यकिन तथ्याङ्ग भने सो भन्दा बढी हुन सक्ने उल्लेख गरेको छ ।
गत शनिवार गएको ७ दशमलब ८ म्याग्निच्युटको भुकम्पबाट सिन्धुपाल्चोकमा सवैभन्दा बढी क्षति पुगेको छ । सिन्धुपाल्चोक सहित काठमाडौं, भक्तपुर, काभ्रे, गोरखा, नुवाकोट, रसुवा, धादिङ्ग, ललितपुर, दोलखा, रामेछाप, मकवानपुरमा पनि मानवीय र भौतिक क्षति उल्लेख्य रहेको प्रहरीले जनाएको छ ।
प्रभावित जिल्लाहरुमा राहत तथा उद्धारकार्य जारी छ । काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा भत्किएका घरमा फसेकाहरुको खोजी तथा उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, त्रिवि शिक्षण अस्पतालमा रहेका २८ शवको शनाखत हुन बाँकी छ । ४ जनाको शनाखत भएपनि शव लिन नआएको अस्पतालको भनाईछ ।