Live Streaming

यात्रु बसमा लुट, प्रत्येक झोलाको ५ सय

काठमाडौं, १७ बैशाख ।

पोखरा जाने एउटा बसले हरेक यात्रुबाट झोला पनि अतिरिक्त भाडा बापत पाँच सय असुलेको छ। राजधानीबाट जाने ग १ ख ४५१९ नम्‍बरको बसले बिहीबार बिहान यात्रुहरुसँग यस्तो लुट मच्चाएको हो।
 केही बस व्‍यावसायी तथा विभिन्‍न संस्‍थाहरुले भूकम्‍पको डरले घर फर्किन चाहने यात्रुलाई निःशुल्क बसको व्‍यवस्था गरिरहेका बेला पोखरा जाने यो बसले भने यात्रुसँग मनपरी भाडा लिएर पनि झोलाको पनि पाँच सय थप लिएको सामाजिक सञ्‍जाल ट्विटरमा एक यात्रुले उल्‍लेख गरेका छन्।

केही बसहरुले घर फर्किन चाहने यात्रुलाई निःशुल्क बसको व्‍यवस्था गरिएको प्रचार गरिएक पनि केही सवारी साधनले भने आपत्‌को मौका यात्रुसँग दोब्बर र तेब्बर भाडा लिएर ठगिरहेको गुनासो यात्रुहरुले गरिरहेका छन्।
 
नेपाल यातायात व्‍यावसायी महासंघका महासचिव सरोज सिटौलाले तोकिएको भन्दा बढी भाडा लिएको पाइमा कडा कारबाही गर्ने बताए। यसैबीच मनपरी भाडा असुल्‍ने उक्त बसलाई दमौली प्रहरीले कारबाही गरेको छ।उक्त बसलाई प्रहरीले १ हजार रुपैयाँ जरिवाना गरेको हो।