मनास्लुमा दर्जनौं विदेशी नागरिक अलपत्र
गोरखा, १७ बैशाख ।
गोरखाको मनास्लु क्षेत्रमा ठूलो संख्यामा विदेशी नागरिक अलपत्र छन् । भूकम्पका कारण घरहरु भत्केका र बाटोघाटो क्षतविक्षत भएपछि उनीहरु चुम उपत्यका र नुब्रीमै अलपत्र परेका हुन् । ती स्थानमा ६ जना बढीको ज्यान गएको छ । लापु गाविसको लापुबेंसीमा ६ जना विदेशीको शव भेटिएको छ । तर उद्धार टोली नपुगेका कारण उनीहरुको सनाखत हुन सकेको छैन । चुम उपत्यकामा २८ जना विदेशी नागरिक अलपत्र रहेका स्थानीय दावा ग्याल्जेन लामाले बताए ।
१० जना अमेरिकी नागरिक, ६ जना फ्रान्सेली नागरिक, रुसका चार जना, स्वीजल्याण्डका २ जना, स्कटल्याण्ड, भियतनाम, बेलायत, जर्मन, अष्ट्रिया, अर्जेन्टिनाका एकेक जना अलपत्र रहेको उनले बताए । उनीहरु छेकम्पार गाविसभरी स्वास्थ्य तथा सरसफाइ कार्यक्रम लिएर आएका थिए । तर अहिले खानेकुरा पनि सकिएको र घरहरु पनि भत्केकाले त्रसित भएर बसेका छन् ।
त्यस्तै प्रोक गाविसको गपमा तीनजना विदेशी नागरिक अलपत्र छन् । बस्ने होटल तथा स्थानीयको घरहरु सबै भत्केका कारण र बाटो पनि पहिरिएका कारण उनीहरु अलपत्र परेका क्षेत्र नंबर तीनका सभासद छमबहादुर गुरुङले जानकारी दिए ।
लापु गाविसको लापुबेंसीमा ६ जना विदेशीको शव भेटिएको छ । तर उद्धार टोली नपुगेका कारण उनीहरुको सनाखत हुन सकेको छैन । चुम उपत्यकामा २८ जना विदेशी नागरिक अलपत्र रहेका स्थानीय दावा ग्याल्जेन लामाले बताए ।
१० जना अमेरिकी नागरिक, ६ जना फ्रान्सेली नागरिक, रुसका चार जना, स्वीजल्याण्डका २ जना, स्कटल्याण्ड, भियतनाम, बेलायत, जर्मन, अष्ट्रिया, अर्जेन्टिनाका एकेक जना अलपत्र रहेको उनले बताए ।
उनीहरु छेकम्पार गाविसभरी स्वास्थ्य तथा सरसफाइ कार्यक्रम लिएर आएका थिए । तर अहिले खानेकुरा पनि सकिएको र घरहरु पनि भत्केकाले त्रसित भएर बसेका छन् ।
त्यस्तै प्रोक गाविसको गपमा तीनजना विदेशी नागरिक अलपत्र छन् । बस्ने होटल तथा स्थानीयको घरहरु सबै भत्केका कारण र बाटो पनि पहिरिएका कारण उनीहरु अलपत्र परेका क्षेत्र नंबर तीनका सभासद छमबहादुर गुरुङले जानकारी दिए । - See more at: http://annapurnapost.com/News.aspx/story/11066#sthash.oqnw2SP8.dpuf