भुकम्प गएको १ सय २० घण्टापछि जीवितै उद्धार
काठमाडौं, १७ बैशाख । गत शनिबार गएको भूकम्पबाट भत्किएको गेस्ट हाउसको भग्नावशेषमा एक किशोर जीवितै भेटिएका छन् । भूकम्पले पुरेको १२० घण्टापछि काठमाडौंको गोंगबुस्थित हिल्ट गेस्ट हाउसको भग्नावशेषमा पुरएिको अवस्थामा १५ वर्षीय किशोर पेम्बा लामा जीवितै भेटिएका हुन् ।
नुवाकोट घर भएका पेम्बालाई सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरले भग्नावशेषमा जीवितै भेटाएपछि उद्धार गरिएको छ ।सशस्त्र प्रहरीको टोलीले उनलाई भग्नावशेषभित्रै पाइपबाट औषधि दिएपछि उद्धार गरेको हो । उनले उद्धारपछि पानी पिएका थिए ।
जीवितै भेटिएका उनी बोल्न सक्ने अवस्थाका भएकाले उद्धारलगत्तै उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । हिल्टन गेस्ट हाउसमा अन्य पनि जीवितै हुन सक्ने आशंकामा शसस्त्र प्रहरीले थप खोजी थालेको छ ।