Live Streaming

मन्त्रिपरिषद्को आकस्मिक बैठक : संकट ग्रस्त क्षेत्र घोषणा

बैठकका  निर्णय

१.देश भरका भुकम्प प्रभाबित क्षत्रलाई संकट ग्रस्त क्षत्र घोषणा गरि राज्यको सम्पुर्ण शक्ति उद्धार कार्यमा लाग्ने।

२.केन्द्रीय राहत तथा उद्धार केन्द्र मार्फत सेना ,सशस्त्र र जनपथ प्रहरी परिचालन गर्ने। हेलिकप्टर प्रयोग गरि उद्धार गर्ने।


३.काठमाडौंमा ९ स्थान, ललित्पुर २, भक्तपुर २ र प्रभावित सबै जिल्लामा रहात तथा उद्धार केन्द्र स्थापना गर्ने।

४.प्रधानमन्त्री राहत कोष खडागरी तत्काल सरकारको तर्फबाट ५० करोड रकम जम्मा गर्ने।
 

५.उद्धारका निमित्त बिदेशी समुदायलाई आह्वान गर्ने।
 

६.सामाजिक सस्था, निजि क्षत्र,नागरिक समाज,राजनैतिक दल्हरु सबैलाई उद्धारमा सहभागी हुन अग्रह गर्ने।
 

७.मृत्यु भएको परिवारलाई उचित क्षतिपूर्ति दिने, घाइतेको सम्पुर्ण उपचार सरकारले ब्यहोर्ने।
 

८.सम्पुर्ण भत्किएको संरचना पुरिएका ब्यक्तीहरुलाई,सेना,प्रहरी,स्वास्थकर्मिको परिचालन गरि तत्काल सरकारी र निजि डोजर, इक्जाबेटर प्रयोग गरि उद्धार गर्ने।
 

९.सम्पुर्ण अस्प्ताल २४ सै घण्टा खुल्ला राख्ने।डक्टर र स्वास्थ कर्मी २४ सै घण्टा परिचालन गर्ने।
 

१०.सरकारको तर्फ बाट नियमित सुचना सम्प्रेषण गर्ने।
 

११.खुल्ला ठाँउ हरुमा टेण्ट टङी स्वास्थ सेवा,खाने पानी,खाध्यान्न सेवा उपलब्ध गराउने।