नेपाल तामाङ घेदुङको महाधिवेशन चितवनमा सुरु हुदै
चितवन, १२ बैशाख ।
नेपाल तामाङ घेदुङको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । नेपाल तामाङ घेदुङको आठौं राष्ट्रिय महाधिवेशन सफल पारौं, ताम्सालिङसहितको संघीय संविधान निर्माणका लागि दबाब सिर्जना गरौं भन्ने नारासहित सुरु हुने महाधिवेशनले ४ बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरेर साढे ५ सय जना सहभागी भएको महाधिबेशन पर्सिसम्म चल्ने छ ।