Live Streaming

मुलुकको बिकास नीतिका लागि काँग्रेसको बिचार गोष्ठी

काठमाडौं, १२ बैशाख ।
कँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेपालको विकास नीति तथा कार्यक्रम सम्बन्धि विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा राष्ट्रको समग्र विकास, सरकारी नीति तथा योजनाकोे अवस्था, कँग्रेसको आगामी रणनीति बारे बहस हुनेछ ।

राजधानीको एक पार्टि प्यालेसमा जारी गोष्ठीमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्धय प्रकासमान सिंह र कृष्ण सिटौला लगायतका पदाधिकारी सहित केन्द्रीय नेताहरुको सहभागिता छ ।

गोष्ठीमा अर्थमन्त्रि समेत रहनुभएका कँग्रेस केन्द्रीय सदस्य रामशरण महतले नेपालको आर्थिक अवस्था र भावी सोच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले नेपालको समग्र विकास सोच तथा रणनीति, नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तले ठुला आयोजनाहरुमा लगानीको अवस्था र भावी रणनीतिहरु बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।