रहेनन् ' मधुकर '
नेपालगञ्ज, १२ बैशाख ।
लामो समयदेखि पक्षघातबाट पिडीत वरिष्ठ गीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्लको ८० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पक्षघातबाट पिडित मल्लको उपचारका क्रममा गएराती बाँकेको नेपालगञ्जस्थित मेडिकल कलेजमा निधन भएको हो ।
रुकुमको सेरी गाविसमा जन्मिएका मल्ल नेपालगन्जको धम्बोझीस्थित छोरी ज्वाइँको घरमा बस्दै आउनुभएको थियो । पक्षघातका कारण दुवै हात चल्न नसक्ने भएपछि उपचारका लागि भारतको लखनऊ लगिएका मल्ललाई आर्थिक अभावमा नेपाल फर्काईएको थियो । तीन महिनाअघि बाथरुममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि थप थलिएका उहाँ थलिनु भएको थियो ।
साहित्यमा ‘मधुकर’ उपनामले चिनिने मल्लले ‘म मरे पनि मेरो देश बाँचिरहोस’, पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ जस्ता चर्चित गीत रचना गर्नुभएको थियो ।
मल्लको आजै अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।