वेष्ट ईण्डिज फर्कियो
बैशाख १२, एजेन्सी ।
ईङ्ल्याण्ड बिरुद्धको दोस्रो टेष्टको दोस्रो ईनिङ्गस्मा वेष्टईण्डिजले गतिलो प्रदर्शन गरेको छ । ईङ्ल्याण्डलाई पहिलो ईनिङ्गस्मा ४ सय ६४ रनमा समेट्दै आफ्नो दोस्रो ईनिङ्गस् थालेको घरेलु टोली वेष्टईण्डिजले चौथो दिनको खेलको समाप्तिमा २ विकेट गुमाई २ सय २ रन जोडेको छ । पहिलो ईनिङ्गस्मा २ सय ९९ रन जोडेको वेष्टईण्डिजले योसँगै ३७ रनको अग्रता लिएको छ । ओपनर डेभोन स्मिथ तेस्रो ओभरमा २ रनमा आउट भएपनि क्रेग ब्रेथवेट र डारेन ब्राभोले क्यारेबियन ईनिङ्गस् सम्हालेका हुन् । डारेन ब्राभो ६९ रनमा आउट भए भने ब्रेथवेट १ सय २ रनमा क्रिजमा छन् ।
यसअघि ६ विकेटको क्षतिमा ३ सय ७३ रनबाट तेस्रो दिनको खेल थालेको ईङ्ल्याण्डले थप १ सय ११ रन जोड्न आफ्नो ४ विकेट खर्चेको थियो । ५ जना ब्याट्सम्यान दोहोरो स्कोर नगर्दै पवेलियन फर्किएको ईङ्लीस ईनिङ्गस्मा जोए रुटले १ सय ८२, कप्तान गेरी ब्यालेन्सले ७७, एलेष्टर कुकले ७६ र जनाथन ट्रटले ५९ रनको योगदान गरेका थिए ।
तीन म्याचको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो ।