Live Streaming

बाढीपीडित सडक आन्दोलनमा

सुर्खेत, १२ बैशाख ।
सरकारले आफूहरुको पुनस्र्थापनामा चासो नदिएको भन्दै सुर्खेतका बाढीपीडितहरु शिविर छोडेरै आन्दोलनमा उत्रिएका छन् । बारम्बार माग गर्दासमेत सरकारले वेवास्ता गरेपछि उनीहरुले सदरमुकाम वीरेन्द्रनगरमा सिठ्ठी र थाल बजाउँदै प्रर्दशन गरेका छन् । गत वर्षको साउन अन्तिममा आएको बाढी र पहिरोका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएको ९ महिना हुन लाग्दा पनि पुनस्र्थापनाको काम सुरु नभएको भन्दै जिल्लाका बाढीपीडितहरुले सरकार र दलहरु समक्ष पुगोस भनेर  आफ्नो पीडा सिठ्ठी र थाल बजाउँदै प्रर्दशन गर्न बाध्य भएको बताएका छन ।

विस्थापित जीवन बिताउन लागेको वर्ष दिन हुन लाग्दा पनि बाढीपीडितहरुको उचित व्यवस्थापन नभएको भन्दै उनीहरु दवावका लागि अनसनको तयारीमा जुटेको सुर्खेत सहकर्मी ललितबहादुर बुढाले जनाएका छन् । विस्थापितहरुको समस्या समाधानका लागि प्रधानमन्त्री र गृहमन्त्रीले गरेको प्रतिवद्धता पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले सरकार विस्थापितहरुप्रति गम्भिर नभएको गुनासो गरेका छन  ।
बाढीका कारण घरबारबिहीन भएका जिल्लाका एक हजार भन्दा बढी परिवारहरु अहिले पनि विविन्न स्थानमा त्रिपालमा बस्दै आएका छन् ।