बागमती नदी सफाइमा योगगुरु रामदेव सहभागी
काठमाडौं, १२ बैशाख ।
बागमती नदी सफाइ अभियान एक सय दुई औँ हप्तामा चलिरहँदा आज किर्तीपुर क्षेत्रमा सफाइ गरिएको छ । योगगुरु रामदेवको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय अगाडि बागमती सफाइ गरिएको हो ।
यसअघि एक सय हप्तासम्म वागमती नदी सरसफाई गरिने लक्ष्य राखिएको भए पनि अभियानमा नागरिकहरु स्वतस्फूर्त संलग्न भएपछि अभियानले निरन्तरता पाएको हो । २०७० साल जेठ ५ गतेबाट सुरु गरिएको वागमती नदी सरसफाई अभियानअन्तर्गत गत चैत्र २८ गते एक सय हप्ता पूरा गरेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर क्षेत्रमा राजनीतिक दलका शीर्ष नेता, कर्मचारी, विद्यार्थी र स्थानीयबासिन्दाको सहभागितामा मानव साङ्लो बनाइएको थियो ।