पाकिस्तानमा मानव अधिकारकर्मीको गोली हानी हत्या
बैशाख १२, एजेन्सी ।
पाकिस्तानकी एक मानवाधिकारकर्मी सबीन महमूदको कराँचीमा गोली हानी हत्या भएको छ । ३८ वर्षीया सबीनमाथि अज्ञात बंदूकधारिले हमला गरेको समाचारमा जनाइएको छ ।
बलूचिस्तान प्रान्तमा अपहरण तथा कथित उत्पीड़नसम्बन्धमा आयोजित सम्मेलन सकेर आफ्नी आमाकासाथ घर फर्कँदै गर्दा उनीमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । सो सम्मेलन लाहोरमा गर्ने तयारी भए पनि दबावका कारण कराँचीमा सम्पन्न गर्नुपरेको समाचारमा जनाइएको छ ।
सामाजिक सञ्जालहरुमा धेरैले सवीन हत्याको निन्दा गर्दै मानव अधिकार सम्बन्धीको आवाजलाई दवाउने प्रयास भएको बताएका छन ।