बिद्रोही नेता सलेहद्वारा युद्ध अन्त्यको माग
बैशाख १२, एजेन्सी ।
यमनमा हुथी विद्रोहीका प्रमुख नेता अली अब्दुल्ला सलेहले जारी युद्ध अन्त्य गर्नुपर्ने बताएका छन । पूर्व राष्ट्रपतिसमेत रहेका सलेहले राजनीतिक संवादबाट नै समस्याको समाधान निस्कने भन्दै आफू वार्ताको लागि तयार रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
पछिल्लो एक महिनायता साउदी अरब नेतृत्वको गठबन्धन सेनाले विद्रोहीको ठेगानामा हवाइ हमला जारी राखेको छ । उनले वार्ता तथा सम्झौताका लागि जेनेवामा संयुक्त राष्ट्रको मध्यस्थता चाहिने बताएका छन । उनले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन ।
यसैबीच हुथी विद्रोही र सेनाबीचको लडाइँका कारण हालसम्म पाँच सय भन्दा धेरैको अकालमै मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।