कांग्रेस महाधिवेशनका कारण संविधान निर्माणमा ढिलाई : नेपाल
एमाले नेता माधव नेपालले एकीकृत माओवादी नेतृत्वको मोर्चा र कांग्रेसको महाधिवेशनका कारण संविधान निर्माणमा ढिलाई भई आरोप लागाउनु भएको छ । मकवानपुरमा आज आयोजित एक कार्यक्रममा उहाले महाधिवेशनका कारण संविधान निर्माणमा कांग्रेसले चासो नदेखाएको आरोप लगाउनु भयो ।
सहमतिबाट संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै नेता नेपालले परिवर्तनका हिस्सेदार दलहरु मिल्नुपर्नेमा जोड दिनुभयो ।