Live Streaming

पहाड तराई टुक्राउने सहमति हुदैन : खनाल

एमाले वरिष्ठ नेता झलनाथ खनालले पहाड तराई टुक्राउने गरि कसैसंग  सहमति हुन नसक्ने बताउनु भएको छ । ईलाममा आज सञ्चारकर्मीसंग नेता खनालले जातियताको आधारमा राज्यलाई विभाजन गर्न नसकिने स्पस्ट पार्नुभयो ।

संविधानका विवादति विषयमा दलहरुबीच छलफल जारी रहेकाले सहमतिबाटै असार सम्म संविधान जारी हुने उहाको भनाई थियो । एक फरक प्रसंगमा नेता खनालले वर्तमान सरकारको कामप्रति असन्तुष्टी व्यक्त गर्दै संविधान जारी नभएसम्म सरकार ढाल्ने पक्षमा एमाले नरहेको स्पस्ट पार्नुभयो ।