मलाई सिध्याउने षड्यन्त्र भयो : दाहाल
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलसंग संविधानका विवादीत अन्तरबस्तुमा गोप्य सहमति नभएको बताउनु भएको छ । ३० दलिय मोर्चाका नेताहरुले दाहालको आलोचना गरेपछि आफ्नै निवास लाजिम्पाटमा पत्रकार सम्मलेन गरि उहाले संघियतालाई थाति राखेर संविधान जारी गर्ने सहमति नभएको प्रष्ट पार्नुभएको हो ।
काग्रेस एमालेले ल्याएको ७ प्रदेश र मार्चाको १० प्रदेशलाई मस्यौदामा राखेर जनाताको माझमा लैजान सकिने दाहालको भनाई थियो । आयोग बनाएर संघियताको विषय टुङगाउने पक्षमा नरहेको भन्दै दाहालले संविधानसभाबाट नै समधान खोजिनु पर्नेमा जोड दिनुभयो । संविधान निर्माणको बाधक आफु नरहेको भन्दै दाहालले संविधान निर्माणको साँचो आफ्नो हातमा आउने हो भने दुई घन्टामै संविधानको पववाद मिलाउने दावी गर्नुभयो । आफुलाई ईतिहास बाटै सिध्याउने षड्यन्त्र भई रहेको दाहालको भनाई थियो ।