मधेसी नेताले थर्काएपछि तर्सिए दाहाल
मधेसी नेताले थर्काएपछि तर्सीए दाहाल
एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चालाई निरन्तरता दिने या नदिने भन्नेमा मोर्चा आवद्ध दलहरुबीच विवाद चुलिएको छ ।
मोर्चा भित्रको विवाद समाधन गर्न भन्दै सिंहदरवारस्थित एकीकृत माओवादी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा मधेस केन्द्रीत दलहरुले मोर्चा संयोजक पुष्पकल दाहालले धोका दिएको भन्दै आलोचना गरेका थिए । बैठकमा नेताहरुले आन्दोलन फिर्ता लिनुको कारण र मोर्चा भित्र छलफल नै नगरि सत्तारढ दलसंग वार्ता छलफल गरेको भन्दै दाहाललाई प्रश्न गरेका थिए ।
जवाफमा संयोजक दाहालले सत्तारुढ दलसंग कुनै सहमति नभएको भन्दै कमिकमजोरीलाई सच्चाउदै मोर्चा एक भएर जानुपर्ने बताउनु भएको थियो । मोर्चा भित्र सत्तारढ दलसंग वार्तामा बस्ने या आन्दोलनमा जाने भन्नेमा तिब्र विवाद रहेको छ । मोर्चा घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रीक सत्तारढ दलसंग वार्ता गरि संविधानसभामा जानुपर्ने अडानमा छ । मोर्चा बैठकमा नेताहरुबीच तिब्र विवाद भएपछि आगमी १४ गते बस्ने गरि स्थगित गरिएको छ ।