संविधान निर्माण बाङगो टिङगो बाटोमा छ – झलनाथ खनाल
काठमाडौं, ११ बैशाख ।
नेपाली जनताले मौलिक हक÷अधिकार प्राप्त गरेका छन । अधिकारहरु प्रति नेपालीहरु सचेत भएका छन । नेपालीहरुको राजनीति, समाजिक र सांस्कृतिक काममा तिव्रता आएको र समानताको अनुभव गर्न पाएको अवस्था छ । तर सविधान निमार्णको काम भने सम्पन्न गर्न सकेका छैनौ । सविधान निमार्ण गर्ने काम महत्वपुर्ण र जटिल हो ।
यसलाई सम्पन्न गर्न सवै राजनीतिक शक्तिहरुको विचमा सहमति निर्माण गर्ने बेला छ । तर यस्तो संबेदनशील बेलामा सहमतिका लागि भएका प्रयत्न बाङगो टिङगो गरी उतारचडाबका वीच अगाडि बढेको छ, संविधान निर्माण कार्य टुंगोमा पु¥याउन जनआन्दोलनका सहयात्रि दलहरु मिलेर अघि बढ्नुपर्ने बेला आएको छ । यसरी बाङगो टिङगो बाटोबाट अघि बढेको संविधान निर्माण प्रक्रियालाई निश्कर्षमा पु¥याएरै छाड्नेछौं ।