संविधान दिन सकेका छैनौं –रामचन्द्र पौडेल
काठमाडौं, ११ बैशाख ।
लोकतन्त्र दिवसका दिन उपसभापति पौडेलले रेडियो अन्नपूर्ण नेपालसँग राखेको बिचारका केही अंश ।
त्यो बेलामा एकदम ठूलो उत्साह र उमंग हामीमा थियो । की देशमा लोकतन्त्रलाई साँच्चिकैनै सारा बाधा हटाएर लोकतन्त्रलाई नेपालको धर्तीमा साकार पार्छौं भन्ने उमंग छाएको दिन थियो । अब अहिले यतिका बर्ष हुँदा खेरिमा पनि लोकतन्त्रलाई संस्थागत गर्न सकिएको छैन । देशमा संविधान जारी गर्न सकिएको छैन । एउटा लोकतान्त्रिक गणतन्त्रको बाटो प्रशस्त गर्न सकिएको छैन र मुलुकलाई उन्नतीमा लाने जग बसाल्ननै सकिएको छैन अहिलेसम्म ।
त्यसकारण हो संक्रमणकाल लम्बिएको अवस्था निश्चय चाहिं नै पनि उत्साहप्रद अवस्था भने होइन तर पनि के छ भनेदेखि हामी हतोत्साही भएका छैनौं । हामी देशलाई निकास र जनतालाई विकास दिन्छौं भन्ने कुरामा दृढ छौं । हामी संविधान दिने विषयमा सबैले सहमति सहमति भनेका छन, हुँदासम्म सहमतिबाट नै संविधान जारी गर्ने पक्षमा हामी रहेका छौं ।