१० बर्ष उपलब्धिपूर्ण – रामकुमारी झाँक्री
काठमाडौं, ११ बैशाख ।
एमाले केन्द्रिय सदस्य एबम युवा नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका दश बर्षलाई उपलब्धिपूर्ण भएको बताउनुभएको छ । आजको नेपाली समाजमा नागरिक स्वतन्त्रता, पूर्वाधार विकास, अन्यायको विरुद्ध उत्रन सक्ने क्षमतामा बृद्धि भएकाले यो समय उपलब्धिपूर्ण रहेको उहाँको भनाई छ । रेडियो अन्नपूर्ण नेपालसँग आज कुरा गर्दै नेतृ झात्रीले सो कुरा बताउनुभएको हो ।
समाज विकासका क्रममा १० बर्ष लामो समय नभएपनि हाम्रो देशको लागि एक महत्वपूर्ण समय भएको भन्नुहुँदै उहाँले राजनीतिक संक्रमण पनि विस्तारै हट्दै जाने बिश्वास ब्यक्त गर्नुभयो । संविधान निर्माण हुन नसकेपनि देशमा भएका अन्य विकास, समृद्धि र स्वतन्त्रतालाई लोकतन्त्रको उपलब्धी मान्नुपर्ने झाँक्रिको भनाइ छ ।