हामीलाई काम गर्न दिनुहोस - गगन थापा
काठमाडौं, ११ बैशाख ।
यो दशबर्षे अवधीलाई म एउटा मिश्रित अवस्थाको रुपमा हेर्छु । देशमा अधिनायकबादको अन्त्य भयो भने शसस्त्र द्धन्द्धबाट मुक्ति पायौं । केही देशहरुलाई हेर्ने हो भने युद्धबाट मुक्त भएको एक दशक अघि नै पुनः युद्धमा फर्केका उदाहरण छन । तर हामीले त्यो झेल्नु परेन ।
यद्यपी त्यो ०६२÷६३ को आन्दोलनको अर्को आकांक्षा नयाँ संविधान, जनजीविका, परिवर्तन, आर्थिक विकामा अघि बढ्न सकेनौ तर यसो भन्दै गर्दा लोकतन्त्र दिवसको यो महत्वपूर्ण दिनमा म भन्छु, अझै पनि हामी मुल बाटोबाट च्युत भइसकेको छैनौं, ट्य्राकमा आउने ठाउँ छ , सम्हालीन सकिने ठाउँ छ । हामीबीच एक प्रकारको अविश्वासको बाताबरण बन्न पुगेको छ, जुन विडम्बना हो, हामीले हिजो जनताका सामू गरेका बाचा पुरा गर्न सकेनौं । जनताको अगाडि याचना गर्दै जुन काम समयमा गनुपर्ने थियो त्यो गर्न नसकेकोमा जनताका अगाडी याचना गर्दै त्यसलाई विगतलाई आत्मसमिक्षा गरेर बर्तमान कार्यभार पुरा गर्ने क्षमता राख्नुपर्छ ।
हिजो लोकतन्त्र ल्याउनका लागि जसरी एक भएर लडेका थियौं आज पनि हामी ति सहयात्री दलहरु एक भएर संविधान निर्माण कार्यमा गम्भीर भएर लाग्नुपर्छ, लाग्न सक्ने अवस्था छ , अब हामीसाग धेरै समय छैन, अन्तिम अवस्थामा छौं, गम्भीर अवस्था छौं, त्यसैले अन्तिम समयमा संविधान जारी गरेर अहिले जनतामा देखिएको निराशालाई मेटाउन सक्नेछौं । लोकतन्त्र बहालिका क्रममा लडेका हाम्रो पुस्ताको भनाइ के रहेको छ भने, ०४६ अघि पुस्ता जो अहिले पनि राजनीतिको मुल नेतृत्वमा रहनुभएको छ ।
तपाइहरुले देशलाई नयाँ संविधान दिएर राजनीतिबाट विश्राम लिनुहोस । संविधान जारी गराउनका लागि हाम्रो सहयोग उल्लेख्य छ र हुनेछ । संविधान निर्माण पछिका दश पन्ध्र बर्ष हामीलाई काम गर्न दिनुहोस । लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको जगमा रहेर हामी मुलुकलाई परिवर्तन गछौं, एक समृद्ध मुलुक बनाउने सपना जुन छ, त्यसलाई पुरा गरेर छोड्छौं ।
हामी प्रतिरोधको राजनीतिबाट आएका इनर्जेटिक पूस्ता हौं । विभिन्न अप्ठ्यारा र निंरकुशता विरुद्ध लडेर स्थापित भएको नयाँ जेनेरेशनलाई सिर्जनात्मकताको आधारमा भविष्य कोर्ने मौका दिनुहोस । जुन हामी पुरा गरेर विश्राम लिन्छौं ।