Live Streaming

दलहरुबीचको विवाद संविधान निर्माणमा बाधक – संविधानसभा अध्यक्ष नेम्बङ्ग

काठमाडौं, ११ बैशाख ।
सविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीचको विवाद नै सविधान निमार्णको मुख्य बाधक भएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको  नियमीत विहानी कार्यक्रम अन्नपुर्ण फ्रन्टलाईनमा आज कुरा गर्दै उहाँले राजनितीक दलको विवादले संविधान निर्माण नै अन्यौलमा परेको आरोप लगाउनुभयो ।

पछिल्लो समय उपलब्ध समयसीमा भित्र पनि सहमति नजुटे आगामी बिहीवार बस्ने संविधानसभाको बैठक नियमावली अनुसार अगाडि बढ्ने उहाँको चेतावनी थियो । उहाँले भन्नुभयो – "१७ गतेसम्मको समयावधी दलहरुका लागि अन्तिम हो । सहमति नजुटे संविधानसभा प्रक्रिया अनुसार अगाडि बढ्छ । प्रक्रियामा रहेर १० दिन भित्र म संविधानको मस्यौदा बनाउछु ।"

विवादका ४ विषय लगभग टुङगोमा पुगेको बताउदै सभाध्यक्ष नेम्बाङ्गले प्रदेशको नामाङकन, सिमाङकनका विषय छलफलबाट टुङगो लगाउदै देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । फरक प्रशंगमा पटकपटक आग्रह गर्दा पनि सरकारले हिउँदे अधिवेशनको मितिबारे जवाफ नदिएको भन्दै यसबारे प्रस्ष्ट पार्न आग्रह गर्नुभयो ।