Live Streaming

स्पष्ट पार्दै एकीकृत माओवादी

काठमाडौं, ११ बैशाख ।
आपसी असमझदारी अन्त्यको प्रयासमा बिपक्षी मोर्चाको बैठक बसिरहेको छ । सिंहदरवारस्थित एकीकृत माओवादीको संसदीय दलको कार्यालयमा जारी बैठक÷ संघीयता सम्बन्धमा एकीकृत माओवादीको धारणा बुझ्नेमा केन्द्रित भएको सहभागी नेताहरुले बताएका छन् ।

कँगेस–एमालेसँग संघीयता लगायत संविधानका अन्तरबस्तुमा सहमति गरेको समाचार सार्वजनीक भएपछि मोर्चा आवद्ध अन्य दल शंसकित बनेका हुन् ।


यसअघि हिजो भएको छलफलमा भने एकीकृत माओवादीले आफ्नो धारणाबारे मोर्चा आवद्ध अन्य दललाई स्पष्ट पार्न सकेन ।

लाजिम्पाटस्थित आफ्नै निवासमा बिहान झण्डै ४ घण्टा भएको छलफलमा  एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे कँग्रेस एमालेसँग कुनै सहमति नभएको स्पष्ट पारेपनि अन्य दल मान्न तयार देखिएनन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आजको बैठकमा असमझदारी हटाउने बारे थप छलफल हुने जानकारी दिनुभयो ।