Live Streaming

राम देवको योग शिविर शुरु

काठमाडौं, ११ बैशाख ।  
भारतीय योग गुरु राम देवको उपस्थितिमा शुक्रवारदेखि काठमाडौमा योग शिविर सुरु भएको छ । राष्ट्रपति रामबरण यादवले बिहान एक कार्यक्रमका बीच शिविरको उद्घाटन गर्नुभयो । राजधानीको टुँडिखेलमा सुरु शिविर पाँच दिन सञ्चालन हुनेछ ।

योगबाट स्वस्थ्य, खुशी तथा विभिन्न रोगको निराकरण हुने भन्दै योग गर्ने बानी बासाल्न रामदेवको सुझाव छ । शिविरमा सयौं नेपालीको अपस्थित छ । शिविर विहान ५ बजे देखि ८ बजे सम्म संचालन हुनेछ । शिविरमा निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था पनि मिलाईएको जनाएको छ । पाँच दिने योग शिविरका लागि काठमाडौं आएका रामदेव भोली बागमती नदी सरसफाईमा सहभागी हुनेछन् । रामदेशको जनकपुर र बीरगन्ज पनि जाने कार्यक्रम छ ।