Live Streaming

तेजाब हान्ने युवालाई मृत्युदण्डको सजाय

एजेन्सी,१० बैशाख। बंगलादेशको एक अदालतले छात्रामाथि तेजाब हान्ने एक युवालाई  मृत्युदण्डको सजाय सुनाएको छ ।सन् २०१२ मा एक स्कूले छात्रामाथि तेजाब हान्ने युवा अरिफउल स्लामलाई स्थानीय रंगपुर जिल्लाको अदालतका न्यायाधीश मन्जुरुल बासिदले हिजो मृत्युदण्डको सजाय सुनाएका हुन् ।

अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार रंगपुरका जिल्ला न्यायाधीश मन्जुरउल बासिदले तेजाब हान्ने घटनामा दोषी ठहरिएका आरिफउल इस्लामलाई मृत्युदण्ड र घटनामा संलग्न दुई अलल मिहा र दुलल हुसैनलाई जन्मकैदको सजाय सुनाएका हुन् ।तेजाब हमलाको घटना सन् २०१२ अगस्ट १३ तारिखमा भएको थियो । तेजाबले लागेर ती छात्राले दुबै आँखाको दृष्टि गुमाएकी थिइन् । अदालतले तीनै जना दोषीबाट प्रतिव्यक्ती एक लाख टाका जरिबाना गराउने फैसला पनि सुनाएको छ । सो जरिबाना रकम पीडित छात्रालाई प्रदान गरिनेछ ।