Live Streaming

​असारमै संविधान जारी हुन्छ: खनाल

काठमाडौं,१० बैशाख। एमाले बरिष्ठ नेता झलनाथ खनालले दलहरुको सहमतिबाट नै असारभित्र संविधान जारी हुने बताउनु भएको छ । इलाममा आज आयोजित एक कार्यक्रममा नेता खनालले एकीकृत माओवादी संविधान निर्माणमा लचक भएकाले असारमा संविधान जारी हुने बताउनु भएको हो ।

संविधानका विवादीत अन्तरवस्तुमा सहमति जुटाउन शीर्ष नेताहरुको छलफल जारी रहेको भन्दै नेता खनालले सहमतिका लागि एमाले हदै सम्मको लचक हुन तयार रहेको उल्लेख गर्नुभयो ।  एमाले सचिव योगेश भट्राईले पाँचथरमा आयोजित कार्यक्रममा एकीकृत माओवादीलाई संविधानसभा नछोड्न सुझाव दिनु भएको छ । आन्दोलनबाट संविधान बन्न नसक्ने भन्दै उहाले संविधानसभामा बसेर छलफल गर्न एकीकृत माओवादीलाई आग्रह गर्नुभयो ।