Live Streaming

स्थलगत अध्ययन सम्पन्न

नुवाकोट,१० बैशाख। नेपालबाट भारत चीन जोड्ने  छोटो दुरीे केरुङदेखि ठोरीसम्मको नाका निर्माणका लागि स्थलगत अध्ययन सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसहितको टोलीले सो मार्गको निर्माणमा सरकारले विशेष प्राथमिकता दिनु पर्ने बताएका छन् । 

नेपालबाट चीन प्रवेशको दोश्रो ठूलो तथा छोटो दुरीको रसुवाको टिमुरे गाविसको रसुवागढी नाकादेखि पर्साको ठोरी नाकासम्म राजमार्ग निर्माण गर्न नुवाकोट,  रसुवा, धादिङ र चितवनका राजनीतिक दल, पुर्व सभासद, व्यापारीलगायतले समेत चासो राखेका छन् । ठोरी रसुवागढी समावेशीमार्ग बनाउन २१ सदस्यीय कार्यसमिति गठन गरी अध्ययन अनुसन्धान अगाडि बढेको समितिका सदस्य हिरानाथ खतिवडाले जनकारी दिनुभयो ।  
नेपाल–भारत–चीन जोड्ने  छोटो दुरीको केरुङदेखि ठोरीसम्मको नाका निर्माण पश्चात रसुवाको मात्र नभई सबै जिल्लाको व्यापार व्यवसाय .विस्तार हुने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठले बताउनुभयो ।