स्वास्थ्य मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं,१० बैशाख। प्रधानमन्त्री सुशील कोइरालाले मुलुकका विभिन्न भागमा देखा परेको स्वाइन फ्लुको रोकथाम गर्न प्रभावकारी कदम चाल्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
एशिया–अफ्रिका शिखर सम्मेलनमा सहभागी हुन इण्डोनेशियामा पुगेका प्रधानमन्त्री कोइरालाले आज बिहान स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी स्वाइनफ्लु रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।
जाजकोटमा फैलिएको महामारीमा परी मृत्यु हुनेमध्ये केहिमा स्वाइन फ्लुको संक्रमण देखिएको र महामारी अझै नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।