शीर्ष नेताको बैठक अनिश्चित
काठमाडौं,१० बैशाख। संविधानको विवादीत अन्तरबस्तुमा सहमतिको प्रयासस्वरुप बस्ने भनिएको शीर्ष नेताको बैठक अनिश्चित भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल बैठकमा सहभागी नभए पछि बैठक बस्न नसकेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
संविधानका विवादीत अन्तरबस्तुमा सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई दिए पछि बैठक आह्वान भएको थियो । तर एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चामा विवाद भएपछि दाहाल बैठकमा सहभागी नभएको नेताहरुको भनाई छ ।