फेरि खनियो रुससँग अमिरिका
बैशाख १०, एजेन्सी ।
रुसले युक्रेनको पूर्वी क्षेत्रमा गरिएको युद्धविराम सम्झौता उल्लंघन गरेको अमरीकाले आरोप लगाएको छ । सो क्षेत्रमा रुसले पृथकतावादीलाई प्रशिक्षण दिने तथा सीमा क्षेत्रमा रुसी सेना तैयार गर्नमा मदत गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयका अनुसार रुसले गत अगस्टबाट हालसम्म हवाई रक्षा हतियार तैनाथ गरेको छ । तर रुसले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । फरवरीमा बेलारुसको राजधानी मिंस्कमा यूक्रेनी सेना तथा रूससमर्थक पृथकतावादीबीच इयुको मध्यस्थतामा शान्ति सम्झौता भएको थियो ।