पानी पर्दा किसान हर्षित्
नुवाकोट, १० बैशाख ।
यस वर्ष वर्षात भइरहंदा नुवाकोट र रसुवाका किसानहरु हर्षित भएका छन् । पानी परेपछि किसानहरु मकै तथा तरकारी वाली रोप्न सुरु गरेका छन् । वैशाखको दोश्रो हप्ता चलिरहँदा पानी परेपछि नुवाकोट र रसुवाका किसान खुसी भएका हुन् ।
विगतका वर्षहरुमा असारको दाश्रोे सातासम्म पानी राम्रो नपरेर निराश बनेका किसानहरु यस वर्ष पानी परेपछि खुसी भएको जिलिङका किसान माधवकुमार गजुरेलले वताए । पानी परेपछि गत फागुन र चैत्रमा रोपिएको धान र वालीलाई पनि राम्रो भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।