Live Streaming

अबैध रुपमा अमेरिका हिडेका ७ नेपाली क्यारेबियन मुलुकमा पक्राउ

बैशाख १०, एजेन्सी ।
अवैध बाटो हुँदै अमेरिका प्रवेश गर्न लागेका सात नेपाली क्यारेबीयन मुलुक ग्रेनडामा पक्राउ परेका छन । पक्राउ परेका ६ पुरुष र एक महिलालाई दलालले क्रुज म्यानेजमेन्टसम्बन्धी अध्ययन गर्न क्यारेवियन मुलुक सेन्ट लुइस पर्याएका थिए । मानव तस्करहरुले उनीहरुलाई एक बर्षमा क्रेडिट ट्रान्सफर गरी अमेरिका पठाइदिने आश्वासन दिएर पैसा लिएका थिए । तर, सेन्ट लुइस पुगेपछि दलालले बिद्यार्थीलाई अलपत्र छाडेर भागेपछि उनीहरु ठगिएको पत्तो पाएका थिए ।

पक्राउ पर्नेमा दीपक सापकोटा, चन्द्रबहादुर थापा, अंकित ढकाल, प्रदीप अधिकारी, दीपक भुजेल, अर्जुन शर्मा काफ्ले र नमुकला तिवारी रहेको स्थानीय जमैका अब्र्जभर अनलाइनले जनाएको छ ।

सेन्ट लुइसबाट गत शुक्रबार बेपत्ता भएका उनीहरु डुंगामार्फत ग्रेनडा पुग्नासाथ प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । अहिले हिरासतमा राखिएको र उनीहरु मानव तस्करको फन्दामा परेको त्यहाँको प्रहरीको भनाइ छ । उनीहरुले प्रतिब्यक्ति २० लाख रुपैयाँसम्म दलाललाई बुझाएका थिए ।


सेन्ट लुइस सरकारले यो घटनाको छानविन गर्न आदेश दिएको छ । ठगी र मानव तस्करीमा संलग्न रहेको भन्दै तीन भारतीयसहित चार जनलाई पक्राउ गरी मुद्दा चलाएको छ ।