फोरम लोकतान्त्रिक ३० दलीय मोर्चाबाट बाहिरियो
काठमाडौं, १० बैशाख । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक ३० दलीय विपक्षी मोर्चाबाट बाहिरिएको छ । दलहरुबीच सकारात्मक बाताबरण बनेकाले अब संविधान निर्माणमा सहयोग गर्न भन्दै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको हो ।
रेडियो अन्नपूर्ण नेपालसँग कुरा गर्दै महासचिव रामजनम चौधरीले पछिल्लो समय मोर्चा सहमतिका लागि भन्दा आन्दोलनमा केन्द्रित भएको आरोप लगाउनुभयो । मोर्चाको विवाद तिब्र बनेको आरोप लगाउदै उहाँले अब तीस दलिय विपक्षी गठबन्धनका बैठकमा फोरम लोकतान्त्रिक सहभागी नहुने स्पष्ट पार्नुभयो ।
हालैमात्र अध्यक्ष विजय कुमार गच्छेदारले एक कार्यक्रममा संविधान निर्माण हुने सम्भावना बढेकाले सरकारमा सहभागी हुन सक्ने संकेत गर्नुभएको थियो ।