Live Streaming

चितवनमा थप १९ जनामा स्वाईन फ्लु

चितवन, १० बैशाख ।
चितवनमा थप १९ जनामा स्वाईन फ्लुको संक्रमण पुष्टि भएको छ । योसँगै चितवनमा  मात्र उपचारका लागि आएका १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार, थप ५३ जनाको नमुना परिक्षणका क्रममा १९ जनामा संक्रमण भेटिएको हो ।

चितवनमा पहिलो चरणको परिक्षणमा शंकास्पद देखिएकाको नमुना इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा काठमाडौँमा थप परिक्षणका लागि ल्याउने गरिएको छ ।
अहिलेसम्म चितवनबाट मात्र ५ सय ४७ को नमुना परीक्षणका लागि काठमाडौँ ल्याईएको छ ।