संविधानसभा बैठक आज बस्ने
काठमाडौं, १० बैशाख ।
संविधानसभाको बैठक आज बस्दैछ । माघ २९ गतेपछि बसेका बैठकहरु शोक प्रस्ताव पारित गर्न मै सीमित हुदै आएको बैठक आज भने कार्यसूचि सहित बस्न लागेको हो । दलहरुबीच संविधानका अन्तरबस्तुमा सहमति हुन नसकेपछि आजको बैठकले सहमतिका लागि भन्दै एकसाताको समय उपलब्ध गराउने संविधानसभा सचिवालयले जनाएको छ ।
यसअघि पनि संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गले उपलब्ध गराउनु भएको समयसीमा भित्र दलहरु सहमति जुटाउन भने असफल हुदै आएका छन् । बैठक अपरान्ह ३ बजेपछि बस्नेछ । यसअघि गत ६ गते बसेको बैठक पूर्वप्रधानमन्त्री एवं संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको निधनप्रति शोकप्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।