Live Streaming

अन्तिम सयममा दलहरुको बैठक

काठमाडौं, १० बैशाख ।
संविधानका अन्तरबस्तुमा देखिएका विवाद अन्त्यको प्रयास स्वरुप आज प्रमुख तीन दलको बैठक बस्दैछ । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसिया जानुअघि गत सोमबार बसेको बैठकले सहमति भएका विषयलाई प्रक्रियामा लैजाने र मुख्य विवाद रहेको संघीयताको विषय सहमतिमै टुंग्याउने प्रतिबद्धतासहित छलफल अगाडि बढाउने निर्णय गरेको थियो । बैठकले आजसम्ममा संघीयता लगायत को विवाद अन्त्य गर्ने र सहमति जुटेका बिषय मस्यौदा समितिमा पठाउने समझदारी गरेपनि शीर्ष नेताहरु काठमाण्डौं बाहिर रहेपछि एक पटक पनि वार्ता हुन सकेन । बैठक अपरान्ह साढे एक बजेपछि सिंहदरवारमा बोलाईएको नेताहरुले बताएका छन् ।

संविधानका अन्तरबस्तुमा देखिएको विवादका विषयमा दोश्रो तहका नेताहरुमा छलफल भएको तर बार्ता सकारात्मक भएपनि सहमति भने जुट्न नसकेको कँग्रेस सहमहामन्त्रि पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो । आज शीर्ष बैठक बस्नुअघि फेरी दोश्रो तहका नेताहरुबीच थप छलफल हुने र त्यसको निष्कर्ष शीर्ष बैठकमा पेश गर्ने नेता खड्काले बताउनुभयो ।